२०८१ जेठ ४, शुक्रबार    

हरिवनमा बस पल्टिँदा १७ जना घाइते

२०७८ माघ ४, मंगलबार १६:१७ बजे

हरिवन/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत् हरिवनमा मंगलबार दिउँसो यात्रुबस पल्टिएको छ । बस पल्टिँदा १७ जना यात्रु घाइते भएका छन् ।

मंगलबार दिउँसो पश्चिमबाट पूर्वतर्फ आइरहेको ना. ५ ख ५०५५ नम्बरको अग्नी यातायात नामक यात्रुबस दिउँसो पौने ३ बजे हरिवन नगरपालिका–९, नोचामा पल्टिएको हो । बस पूर्व–पश्चिम राजमार्गबाट एक बल्ड्याङ खाएर तल खसेको छ ।

बसमा यात्रारत १७ जना घाइते भएको र जसमध्ये एकजना गम्भिर रहेको भन्ने प्रारम्भिक विवरण प्राप्त भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । घाईतेहरुको हरिवन स्थित नमूना अस्पताललगायत विभिन्न स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र घाइतेहरुको संख्या र अवस्थाबारे एकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ ।