२०८१ बैशाख २१, शुक्रबार    

मतदातको समस्या सुन्दै 'आनन्द र डिना' मतदाताको घरघरमा

२०७९ कार्तिक १९, शनिबार १६:२४ बजे

यतिबेला मकवानपुरको १० वटा स्थानीय तह चुनावको सरगर्मी छाएको छ। जिल्लाको अन्य क्षेत्रसँगै हेटौंडा आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन तातेको छ। विभिन्न राजनैतिक दलका उम्मेदवारलाई मतदाताहरुसँग भोट माग्न र घरदैलौ गर्न भ्याईनभ्याई छ ।

निर्वाचन आयोगको आचार संहितले गर्दा यस पटकको निर्वाचन भने कम भड्किलो छ। मकवानपुरको हेटौंडा बागमती प्रदेशको सदरमुकाम पनि हो। प्रतिनिधिसभा अन्तर्गत मकवानपुरका दुई वटा निर्वाचन क्षेत्र र ४ वटा प्रदेशसभाका क्षेत्रका उम्मेदवार मतदाताको घरघर केन्द्रीत रहेका छन् । यसै क्रममा प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ बाट लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार महालक्ष्मी उपाध्याय डिना र प्रदेशसभा १(ख) का उम्मेदवार आनन्दराम पराजुली बिहान देखी मतदातको घर घर पुगेर मतदाताको आशीर्वाद र समस्या बुझ्न लागि परेका छन् ।

बिहान देखि अबेर राति सम्म डिना र पराजुली मतदातासँगै रहन्छन। मतदाताको समस्या सुन्छन् र निर्वाचित भएपछि त्यस्ता समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गर्छन । शनिबार बिहान संघ तर्फका उम्मेदवार डिना प्रदेशसभाका उम्मेदवार पराजुली हेटौंडा-४ कर्राका विभिन्न टोल टोलमा पुगे। उम्मेदवारको आक्रोश र समस्यालाई डिना र पराजुलीले सहर्ष स्वीकार्दै भने तपाईँको मतको कदर गर्छौ र समस्या हल गर्छौ ।

हेटौंडा-४ का मतदाताले दुवै उम्मेदवारलाई फुलमाला र खादाले स्वागत गरे र विजयी हुन शुभकामना दिए। डिना र पराजुली लोकतान्त्रिक बाम गठबन्धनबाट नेपाली कांग्रेसबाट सिफारिस भएका प्रत्यक्ष तर्फका उम्मेदवार हुन। महिला अगुवा तथा शैक्षिक व्यक्तित्व डिना संविधानसभा सदस्य पनि हुन,उनी साहसिक महिलाको रुपमा छुटै छवि बनाउन सफल छिन भने पराजुली युवा र जेष्ठ नागरिक माझ निकै लोकप्रिय मानिन्छ।