२०८१ बैशाख २१, शुक्रबार    

राप्रपाले सवै स्थानीय तहमा उम्मेदवार उठाउने

२०७८ माघ २७, बिहीबार १८:२८ बजे

काठमाडौं/ राप्रपाले आगामी वैशाख ३० गते हुने निर्वाचनमा सबै स्थानीय तहमा उम्मेदवार उठाउने भएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार बसेको पदाधिकारी बैठकले सबै स्थानीय तहमा उम्मेदवार खडा गर्ने, पार्टी संगठन सुदृढ र क्रियाशील तुल्याउने, देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्नेलगायत निर्णय गरेको हो ।

राप्रपा प्रवक्ता मोहन श्रेष्ठका अनुसार बैठकले समान विचार भएकाहरुसाग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँगको बैठक आह्वान गर्ने निर्णय पनि गरेको छ । वैठकले नेता नवराज सुवेदीको संयोजकत्वमा ३ सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ । समितिमा भक्तिप्रसाद सिटौला र वरिष्ठ अधिवक्ता राजु बस्नेत सदस्य छन् ।