२०८१ बैशाख ८, शनिबार    

पदमा नहुँदा पनि काम गरेको छु,अवसर पाए धेरै गर्छु : पराजुली

२०७९ कार्तिक २९, मंगलबार १०:२२ बजे

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आउन ५ दिन बाँकी छ । निर्वाचनको मिती नजिएिसँगै उम्मेदवारहरुको भागदौड पनि बढेको छ । मकवानपुरमा २ वटा प्रतिनिधिसभा र ४ वटा प्रदेशसको निर्वाचन क्षेत्र छ । मकवानपुरको प्रतिनिधिसभा–१ को ख बाट नेपाली कांग्रेसका नेता आनन्दराम पराजुली सत्तारुढ गठबन्धनको तर्फबाट चुनावी मैदानमा छन् । ०७४ मा भएको स्थानीय तहको निर्वाचनमा हेटौंडाको मेयरमा लोकप्रिय मत पाएका उनी झिनो मतान्तरले पराजित भएका थिए । नेपाली कांग्रेस हेटौंडाको निवर्तमान नगर सभापति समेत रहेका पराजुली चुनाव हारेपनि विभिन्न सामाजिक कार्यमार्फत जनतासँग जोडिदै आइरहेका छन् । भुकम्पमा होस् या कोरोना संक्रमणकालमा उनले विपन्न र समस्यामा परेकालाई सहयोग गर्दै आएका छन् । उनै पराजुली पहिलो पटक मंसिर ४ गते हुन लागेको संसदीय चुनावमा पहिलोपटक उम्मेदवार बनेका छन् । प्रस्तुत छ उनको उम्मेदवारीको सेरोफेरोमा केन्द्रित रहेर गरिएको कुराकानी ः

चुनावी अभियानमा मतदातालाई कतिको उत्साही पाउनु भएको छ ?

मतदाताहरु मतदान गर्नको लागि उत्साही हुनुहुन्छ । मतदाताहरुमा आक्रोश र आशा, भरोसा पनि छ । यो पटक काम गर्ने उम्मेदवार चयन गरेर मतदान गर्नुपर्ने भन्नेमा मतदाताहरु रहेको पाएको छु । मतदाताहरुको अपेक्षाहरु पनि धेरै नै छ । विगतको सरकारले पाँच वर्षको लागि मतदान गरेर पठाएको भएपनि सरकारले त्यो मतको अपमान गर्य। सरकारले प्रतिनिधिसभा विघटन गर्ने काम गरेकोले जनताहरुमा आक्रोश पनि देखिएको छ ।

चुनावको तयारी कसरी गरिरहनु भएको छ ?

चुनावको तयारीअन्तर्गत अहिले हामी सकेसम्म सबै मतदाताहरुलाई भेट्न उहाँहरुको घरदैलोमा पुगिरहेका छौ । वडा र टोलहरुमा भइरहेको कार्यक्रम मार्फत आफ्नो एजेण्डाहरु जनतालाई भन्ने काम भइरहेको छ ।

तपाईले त्यस्तो के काम गर्नु भएको छ र उम्मेदवारी दिनुभयो ?

मैले काम गर्ने अवसर त पाएको छैन । काम गर्ने अवसर पाउनको लागि मेरो उम्मेदवारी हो । २०७४ मा म हेर्टौंडाको मेयरको प्रत्यासी थिए । त्यतिबेला थोरै मतले म पराजित हुनुपर्यो भने धेरै म तबदर भयो । त्यतिबेला कामगर्न पाएनौ । अब वास्तवमै राजनीतिलाई सेवाको रुपमा हामिले बुझेका छौ । राजनीति पेशा होइन सेवा हो । मकवानपुरको जनताले काम गर्ने अवसर दिनुभयो भने उहाँहरुको सेवाको काम गर्ने भनेर लागेको हो । यद्यपी म पदमा नै नहुँदा पनि काम नगरेको चाँहिहोइन । कोरोनाको बेलामा होस् या भुकम्पको बेलामा सकेसम्म मकवानपुरका आमाबुवा, दाजुभाई, दिदिबहिनीलाई हामिले धेरै सहयोग गरेका छौ ।

तपाईको एजेण्डा के हो ?

आधारभुत आवश्यकताहरु पनि जनताले प्राप्त गर्न सकिरहेको अवस्था छैन । शिक्षा, स्वास्थ्य, रोजगार, कृषि पर्यटनको योजना लिएर हामि जनतामाझ गइरहेका छौ । सामान्य भन्दा सामान्य काम पनि विगतको सरकारले गर्न नसकेको हामिले देख्यौ । त्यसको पनि आक्रोश जनतामा छ । त्यहि भएर हामि विशेषगरि हेटौंडा अस्पतालको भवन त हामिले राम्रो ठुलो पाएका छौ । तर त्यहाँभित्र मुटुको,किड्नीको डाक्टरहरु स्रोतसाधनहरु प्राप्तन गर्न सकिरहेका छौ । बालबिालिका तथा वृद्वहरुको उपचार निशुल्क हुने गरिवहरुको स्वास्थ्य सेवा निशुल्क हुने व्यवस्थ गर्न हामिले सकेका छैनो । पहुँच नहुनेले उपचार नै गर्न नसकेको अवस्था हामिले धेरै देखेका छौ । हेटौंडा अस्पताललाई भौतिक रुपमा मात्रै होइन, यसलाई सबै स्रोतसाधनले राम्रो बनाउने । यहाँबाट उपचारको लागि चितवन जान नपर्ने अवस्था बनाउनको लागि हाम्रो उम्मेदवारी । शिक्षामा विश्वविद्यालय यही स्थापना गर्ने । गरिव र विपन्नको छोराछोरीले पनि यही डाक्टर, ईन्जिनियर र वकिल यही पढेर हुन पाउने व्यवस्थाको लागि पनि लागिरहेका छौ । रोजगारीको लागि हामिसँग हेटौंडामा पुरानो औद्योगिक क्षेत्र पनि छ,परिकल्पना गरेको नयाँ औद्योगिक क्षेत्र पनि छ । व्यवसायीहरुलाई पनि कर छुट दिने हो भने व्यवसाय सञ्चालन गर्न सहज हुन्छ र त्यहाँबाट रोजगारीको अवसर पनि सिर्जना हुन्छ । कृषिको कुरा गर्नुपर्दा विगतको सरकारले पहुँचवालालाईमात्रै अनुदान दिने काम गर्यो । वास्तविक किसानले नपाउने अवस्था चिर्दै वास्तविक किसानलाई अनुदान दिएर प्रात्साह गर्ने काम हामी गर्नेछौ । मठ मद्यिनर र गुम्बाहरुको संवद्र्वन गर्दै पर्यटनलाई बढाउने काम पनि हामी गर्छौ । आँखाले देखिने र छाम्दा छामिने काम गर्नेतर्फ हाम्रो ध्यान छ ।

नीति नियम बनाउने तहमा तपाईको भुमिका के हुन्छ ?

कतिपय कुराको नीति नियम निर्माण गर्न बाँकी नै छ । निर्वाचित भएर गएपछि स्वास्थ्य, शिक्षा, पर्यटन लगायत सबैको लागि नीति नियम बनाउनुपर्छ । बालबालिका र महिलाहरुको अधिकारको लागी नीति नियम बनाउन आवश्यक छ । विकास निर्माणको लागि पनि पहिला नीति नियम बनाउनु पर्छ । पहिल नीति नियम बनाएर मात्रै विकास निर्माणको काम सुरु हुन्छ । हामी बागमती प्रदेशमा विकासको लहर ल्याउने अभियानमा छौ ।

गठबन्धनमा भोट ट्रान्सफर हुनेमा कतिको विश्वस्त हुनुहुन्छ ?

यो पवित्र खालको गठबन्धन हो । मुलुकलाई आवश्यक परेको बनेको हो । यो गठबन्धन कसैलाई चुनाव जिताउन वा हराउनको लागि बनेको होइन । कसैको व्यक्तिगत चाहनाले यो गठबन्धन बनेको होइन । पवित्र उद्देश्यले बनेको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी र समाजवादीसँगै अन्य पार्टीका साथीहरु पनि ईमान्दारितापूर्वक लाग्नु भएको छ । यो गठबन्धन अहिले मात्रै होइन जुन बेला देशलाई अप्ठ्यारो पर्छ त्यो बेलामा यसअघि पनि बनेको थियो । शसस्त्र द्वन्द्वको बेलामा हामिले १२ बुँदे सहमतीदेखी शान्ती प्रक्रियालाई निष्कर्षमा पुर्याउने काममा पनि हाम्रो सहकार्यको गठबन्धन थियो । देश सजिलो अवस्थामा पुगिसकेपछि हामि पहिलाको जस्तै आफ्नो उद्देश्य अनुसार आ–आफ्नो बाटोमा गएर स्वस्थ प्रतिष्पर्धामा लाग्छौ । त्यसकारण यो गठबन्धनलाई चोक चौतारामा जसले जे भनेपनि यसको पवित्र उद्देश्य छ ।

तपाईले आफ्नो मुख्य प्रतिष्पर्धीको रुपमा कसलाई लिनु भएको छ ?

म अरुको कुरा धेरै गर्न चाहदिन । म सँगै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिनु भएका सबै मेरो प्रतिष्पर्धी हुनुहुन्छ । तर,प्रतिष्पर्धा भन्दा पनि जनताको माझमा कसले काम गर्न सक्छ, पदमा नहुदा पनि कसले काम गरेको थियो भन्ने कुरा मुल्यांकन गरेर जनताले मतदान गर्नुपर्छ ।

तपाईको जित्ने आधार के हो ?

मेरो जित्ने मेरो मतदाता हो । मेरो निर्वाचन क्षेत्रको आदरणीय, आमा, बुवाहरु, दाजुभाई, दिदिबहिनीहरु नै मेरो आधार हो । उहाँहरुले नै मलाई ०७४ मा पनि विश्वास गरेर मत दिनुभएको थियो । प्राविधिक कारणले मैले जित्न सकिन । अहिले पनि उहाँहरुले यसलाई अवसर दिए केहि गर्छ भन्ने खालको विश्वास देखाइरहनु भएको छ । र यो पटक जनताको अपार मायाले मैले चुनाव जित्छु भन्नेमा विश्वस्त छु ।