२०८१ बैशाख १३, बिहीबार    

लागूऔषधसहित स्कुलरोडबाट दुईजना पक्राउ

२०७९ जेठ १२, बिहीबार १७:४६ बजे

मकवानपुर प्रहरीले विशेष सूचनाको आधारमा हेटौंडा–४, स्कुलरोडबाट दुईजनालाई लागूऔषधसहित पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले स्कुलरोडबाट हेटौंडा–१० का ३१ वर्षीय राजेश विक र हेटौंडा–५ का २६ वर्षीय मानविर थिङलाई नियन्त्रणमा लिएर चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध बरामद गरेको हो ।

प्रहरीले उनीहरुले बोकेको झोलाबाट २६ बोतल लागूऔषध वनरेक्स फेला पारेको थियो । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।