२०८१ बैशाख २४, सोमबार    

होटल एसोसिएसनमा जोशीको नेतृत्व

२०७८ चैत्र ५, शनिबार १७:१३ बजे

होटल एसोसिएसन अफ मकवानपुरको अध्यक्षमा दिलिसगोविन्द जोशी चयन भएका छन् ।

हेटौंडामा शनिबार भएको १३ औं साधारणसभा तथा छैठौं अधिवेशनबाट उनको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो । समितिमा वरिष्ठ उपाध्यक्ष विष्णुगोपाल महर्जन, उपाध्यक्ष धनबहादुर पौडेल, महासचिव हरिगोपाल सापकोटा, कोषाध्यक्ष रविन लामा, सचिव उमाप्रसाद रौनियार र सहकोषाध्यक्ष सुरेश लामा रहेका छन् । समिति सदस्यहरुमा हरिगोपाल सापकोटा, पाल्साङ लामा, पारसमणि थिङ, तेजकुमार स्याङ्तान, धन गहतराज, कृष्णकली राजथला तथा ऋतु पिया रहेका छन् ।

नयाँ कार्यसमितिको पहिलो वैठकले सदस्यमा सरोज अधिकारी र सञ्जिवबहादुर लोप्चनलाई मनोनित गरेको छ ।