२०८३ भाद्र १६, मंगलबार    

भाइरलका बिरामी बढेपछि विद्यालय बन्द

२०७९ श्रावण १८, बुधबार ११:५० बजे

 

विद्यार्थीहरूमा भाइरल ज्वरो बढ्न थालेपछि दाङको राप्ती गाउँपालिकाका सबै विद्यालय आजदेखि सात दिनका लागि बन्द गरिएका छन्।  गाउँपालिकाभित्र रहेका संस्थागत र सामुदायिक विद्यालय बुधबारेदेखि साउन २४ गतेसम्मका लागि बन्द गरिएको पालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख विश्वास विकले जानकारी दिए।
 
 

उनका अनुसार गाउँपालिका भित्रका विद्यालयमा अध्ययनरत बालबालिकामा ज्वरोको संक्रमण देखिन थालेकाले विद्यालय एक सातासम्म बन्द गर्ने निर्णय गरिएको हो ।  राप्ती गाउँपालिका गाउँ कार्यपालिकाको मंगलबार बसेको बैठकले हिउँदे र वर्षे विदाबाट कट्टी हुने गरी सबै विद्यालयहरू बन्द गर्ने निर्णय गरे पछि आजबाट कार्यान्वयनमा आएको हो ।

कोरोना संक्रमण पनि बढिरहेको हुँदा भाइरल ज्वरो बढेपछि जोखिम कम नभएसम्म एक साताका लागि विद्यालय बन्द गर्नु परेको विकको भनाइ छ।