२०८१ बैशाख १७, सोमबार    

विदुर थापा मनहरीको स्रोत शिक्षक नियुक्त

२०८० भाद्र १, शुक्रबार १७:०६ बजे

मनहरी गाउँपालिकाको स्रोत शिक्षक (विद्यालय पर्यवेक्षक) मा विदुर थापा नियुक्त भएका छन् ।

गाउँपालिकाको शिक्षा शाखामा धेरै कार्यक्रम भएको र विद्यालयको शैक्षिक स्तरोन्नतिका लागि गाउँपालिकाले ऊनलाई शुक्रबार नियुत्त गरेको हो । महेन्द्र ज्योति मावि मनहरी–३, हाँडीखोलमा शिक्षकको रुपमा कार्यरत् रहेका थापालाई गाउँपालिकाको शिक्षा शाखाका जिम्मेवारी प्रदान गरिएको हो ।

उनले शुक्रबार नै गाउँपालिका प्रमुख रञ्जन कालाखेतीबाट नियुक्त पत्र समेत बुझेका छन् । नियुक्त पत्र बुझ्दै थापाले मनहरी गाउँपालिकाको शिक्षा क्षेत्रको विस्तारका लागि आफ्नो कार्यकालमा काम गर्ने प्रतिबद्धता जनाए ।

‘गाउँपालिकाले शिक्षाको क्षेत्रमा बजेट करिब दोब्बर बनाएको छ । त्यसको कार्यान्वयन गर्दै शिक्षाको विकास गर्ने मेरो प्रयास रहेनछ ।’, उनले भने ।