२०८१ जेठ ४, शुक्रबार    

ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालक घाइते

२०७८ चैत्र २४, बिहीबार १८:१७ बजे

ट्रयाक्टरको ठक्करबाट हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सियन पेन्टस्मा कार्यरत् राजेन्द्र सहनी गम्भीर घाइत भएका छन् ।

हेटौंडा औद्योगिक क्षेत्रबाट एचआइडीतर्फ जाँदै गरेको ना.६ च ९८६७ नम्वरको ट्रयाक्टरले सहनी सवार ना.२१ प ८२९८ नम्वरको मोटरसाइकललाई ठक्कर दिएको हो । ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सहनीलाई उपचारकालागि चुरेहिल अस्पताल लगिएपनि त्यहाँ उपचार सम्भव नभएपछि नर्भिक अस्पताल काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरेको छ ।