२०८१ बैशाख १५, शनिबार    

एसीसीए परीक्षामा नेपाली विद्यार्थी विश्व टपर

२०७८ माघ ५, बुधबार १५:३० बजे


काठमाडौं/ एसोसिएसन अफ चाटर्ड सर्टिफाइड एकाउन्टेन्ट (एसीसीए) को परीक्षामा नेपाली विद्यार्थी रिया मानन्धर विश्व टपर बनेकी छन् ।

उनले गत डिसेम्बर २०२१ मा लिएको कर प्रणालीको परीक्षामा संसारभरका १३ हजार विद्यार्थीलाई उछिनेकी हुन् । यस परीक्षा सहभागी ६ हजार ४ सय विद्यार्थी उत्तीर्ण भएका थिए । २० वर्षीय मानन्धर हाल ब्रिटिस प्रोफसनल कलेजमा अध्ययनरत छन्, जुन एसीसीएको सम्बन्धन प्राप्त कलेज हो । उनले दुई सय पाउण्ड स्ट्रलिङका साथसाथै एसीसीएबाट प्रमाणपत्र पनि पाउनेछिन् ।