२०८१ बैशाख १३, बिहीबार    

६४ जना विद्यार्थीलाई प्याव्सनको सम्मान

२०७९ श्रावण २९, आईतबार ११:४० बजे

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) मकवानपुरले एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल ६४ जना विद्यार्थीलाई सम्मान गरेको छ ।

प्याव्सनले २०७८ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउन सफल मकवानपुरका निजी विद्यालयका ६४ जना विद्यार्थीलाई सम्मान गरेको हो । शनिबार एक कार्यक्रमको आयोजना गर्दै प्याव्सनले ३ दशमलव ६ जीपीए भन्दा बढी प्राप्ताड्ड भएका ६४ जना विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी र खादाले सम्मान गरेको छ ।

प्याव्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदीले मकवानपुर जिल्लाकै सर्वोत्कृष्ट ३ दशमलव ९५ जीपीए ल्याउने नवोदय शिशु सदनका प्रिन्स बर्तौला र ३ दशमलव ९० जीपीए ल्याउने रेविका पाख्रिनलाई नगदसहित सम्मान गरिएको जानकारी दिए । सर्वोत्कृष्ट जीपीए ल्याएका २ जनालाई नगद, प्रमाणपत्र, ट्रफी र खादासहित सम्मान गरिएको सुवेदीले बताए ।

हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्य तथा निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन (प्याव्सन) मकवानपुरका अध्यक्ष सुवेदीको सभाध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड मकवानपुरका प्रमुख कृष्णप्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरका प्रमुख दिनानाथ गौतम लगायतको आतिथ्यता रहेको थियो ।