२०८१ बैशाख २६, बुधबार    

दुर्घटना हुँदा एक वर्षमा ४१३ जनाको मृत्यु

२०७९ श्रावण १८, बुधबार १६:२७ बजे

सवारी दुर्घटनामा परी बागमती प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा ४१३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा गत आर्थिक वर्षको विभिन्न समयमा भएको सवारी साधन दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।

ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी संख्या पुरुषको रहेको छ । प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न स्थानमा भएको ती दुर्घटनामा परी ३२६ जना पुरुषले ज्यान गुमाएका छन् ।

त्यस्तै ती दुर्घटनामा परी ३२ जना महिला, १८ जना बालक र ७ जना बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार २ हजार ६१६ वटा सवारी साधनहरु संलग्न ति दुर्घटनामा परी १ हजार १२ जना गम्भीर घाइते भएका छन्भने २ हजार ९८३ जना सामान्य घाइते भएका छन् ।