२०८१ बैशाख १७, सोमबार    

पार्टी नीति विपरित गतिविधि बन्द गर्न कांग्रेस मकवानपुरको आग्रह

२०७९ कार्तिक २५, शुक्रबार १५:२४ बजे

नेपाली कांग्रेस मकवानपुरले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीको नीति विपरित स्वतन्त्र वा अन्य दलबाट उम्मेदवारी दिएकाहरुलाई उम्मेदवारी निस्किृय पार्न र पार्टी विपरित गतिविधि बन्द गर्न अन्तिम अवसर प्रदान गरेको छ ।

शुक्रबार पार्टीका प्रवक्ता अर्जुन प्रसाद चौलागाईले विज्ञप्ति सार्वजनिक गर्दै पार्टी निति विपरितको गतिविधि २०७९ कार्तिक २६ गते शनिवार दिनको १२ः०० भित्र बन्द गर्न आग्रह गरिएको छ । प्रवक्ता चौलागाईद्वारा जारी विज्ञप्तिमा ‘नेपाली कांग्रेसमा रहेका, पुराना नेता कार्यकर्ताहरु विभिन्न कारणले निष्कृय एवम् अन्य दलका गतिविधिहरुमा सहभागि भई उम्मेद्वार समेत भएको सन्दर्भमा त्यस्ता नेता कार्यकर्ताहरुलाई उक्त कार्य तत्काल स्थगित गरी पुनः नेपाली कांग्रेसमा आबद्ध भई सव्रिmय रहन २०७९ कार्तिक २६ गते दिनको १२ः०० बजे सम्मको लागि विज्ञप्ति मार्फत अपिल गरिन्छ ।’ भनिएको छ ।

विज्ञप्ति मार्फत यदि मंसिर ४ गते को निर्वाचनमा पार्टीको नीति, सिद्धान्त, निष्ठा विपरित पार्टीका उम्मेद्वार र साझा उम्मेद्वारको विपक्षमा हुने गतिविधिमा संलग्न भएमा पार्टीको विधान अनुसार कारबाही हुने चेतावनी दिइएको छ । यस्तै पार्टीको नीति, सिद्धान्त र निष्ठामा पुनः आबद्ध हुने नेता तथा कार्यकर्ताहरुलाई पार्टी भित्र र बाहिर पूर्ववत् सम्मान र मर्यादा प्रदान गरिनेपनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

साथै विज्ञप्ति मार्फत मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनबाट नेपालको लोकतान्त्रिक व्यवस्था र संविधानको रक्षाका लागी गठबन्धन दलका उम्मेदवारहरुलाई मतदान गर्न अपिल समेत गरिएको छ ।