२०८१ बैशाख १६, आईतबार    

हेटौंडा अस्पताललाई टिभी सहयोग

२०८० असार १६, शनिबार ११:०६ बजे

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पताललाई टिभी सहयोग भएको छ । अस्पताललाई कृषि विकास बैंक लिमिटेड हेटौंडा शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत टिभी सहयोग गरेको हो ।

अस्पतालमा आउने विरामी र तिनका सहयोगीलाई स्वास्थ्यसम्बन्धी उपयोगी सूचना तथा जानकारी प्रदान गर्नका लागि उपयोगी हुने भन्दै टिभी सहयोग गरेको उक्त बैंकले जनाएको छ ।

टिभी हस्तान्तरण कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समितिका अध्यक्ष राजेश प्रसाई, निमित्त मेडिकल सुपरिटेन्डेन्ट रामचन्द्र सापकोटा, कृषि विकास बैंक लिमिटेड प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नुरप्रसाद गौतम, बैंकका हेटौंडा शाखाका प्रबन्धक तीर्थराज पौडेललगायतको सहभागिता रहेको थियो ।