२०८१ बैशाख २१, शुक्रबार    

म्याद गुज्रिएका खाद्य सामग्री नष्ट

२०७९ श्रावण २५, बुधबार १७:२२ बजे

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले हेटौंडाका ४ वटा व्यवसायिक फर्मको म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरेको छ ।

खाद्य कार्यालयको संयोजकत्व एवं हेटौंडा उपमहानगरपालिका र हेटौंडा–८ नम्बर वडा कार्यालयको सहकार्यमा साउन २२ र २३ गते भएको अनुगमनका क्रममा फेला परेका म्याद गुज्रिएका खाद्य सामग्री नष्ट गरिएको हो ।

कार्यालयले हेटौंडा–८ का दुर्गा खाद्य भण्डार, दुलाल किराना, रिद्धि स्टोर र थापा स्टोरमा अनुगमनका क्रममा उपभोग्यउ अवधि सकिएका विस्कुट, चाउचाउ, पेय पदार्थ, चक्लेट लगायतका खाद्य सामग्री बरामद गरेको थियो ।