२०८१ बैशाख २३, आईतबार    

वडा कार्यालयद्धारा किसानलाई उपकरण हस्तान्तरण

२०८० असार २९, शुक्रबार १७:२९ बजे

हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले गाउँमा रहेका कृषक समूहलाई व्यवसायीक कृषितर्फ आकर्षण गर्न उपकरणहरु हस्तान्तरण गरेको छ ।

कार्यालयले वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्याक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो । ३ नम्बर वडा कार्यालयको अगुवाइमा गठन गरीएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले हाते ट्याक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेका हुन् ।

मेसिन हस्तान्तरण गर्दै नगर प्रमुख लामाले उपकरणको प्रयोगबाट व्यवसायी खेतीतर्फ लाग्न मद्दत पुग्ने बताइन् । उनले उपमहानगरपालिकाले किसानहरुका लागि बिभन्न चरणमा लगानी गरिरहेको भन्दै व्यवसायी कृषिका लागि समुह बनाएर काम गरे सहयोगका लागि तयार रहेको बताइन् ।

वडा कार्यालयको बजेटबाट खरिद गरीएको हाते ट्रयाक्टरको प्रति गोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपियाँ परेको वडा सचिब महेन्द्र चापागाईले बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका ३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापा, टोल विकास सस्था वडा समन्वय समितिका संयोजक रोशन गोले र वडामा गठन गरीएको ५ वटा कृषक समुहका अध्यक्ष तथा पदाधिकारीहरु सहभागि थिए ।