२०८१ जेठ ३, बिहीबार    

निर्वाध गुड्छन हेटौंडामा भारतीय सवारी, परेन प्रहरीको छड्के नजर

२०७८ माघ ६, बिहीबार १४:३१ बजे

हेटौंडा÷ वाग्मती प्रदेशको राजधानी हेटौंडामा पछिल्लो समय निर्वाधरुपमा भारतीय सवारीसाधन गुड्न थालेका छन् ।

बजारमा दैनिक दर्जनभन्दा बढी भारतीय नम्बर प्लेटका सवारी गुडिरह“दा नेपाल प्रहरी तथा ट्राफिक प्रहरीको नजर भने त्यसतर्फ परेको छैन । नियमितरुपमा नेपाली सवारी साधानको कागजपत्र चेकजा“च गर्ने प्रहरीले भारतीय नम्बरका सवारी बजार क्षेत्रमै पार्किङहु“दा समेत कुनै चासो नदिएको गुनासो सर्वत्र गुञ्जिन थालेको छ ।

‘हेटौंडाको मेनरोडमा दैनिकरुपमा भारतीय नम्बर प्लेटका सवारी पार्किङ हुने गरेका छन् । प्रहरीले कुनै पनि किसिमको चेकजा“च नै गर्दैन ।’, हेटौंडा बजारका एक व्यवसायीले प्रश्न गरे,‘कोरोना महामारीको समयमा सीमा नाकामा कडाई गरिएपनि कसरी यतिधेरै सवारी हेटौंडा आइरहेका छन् ?’

हेटौंडा सडक सञ्जालले घेरिएको जिल्ला भएर पनि भारतीय सवारीको आउजाउ धेरै देखिएका हुनसक्ने प्रहरीको भनाइ छ । ‘भारतीय सवारी मकवानपुर भित्रिदा र बाहिरि“दा ट्राफिक प्रहरीको सहयोगमा हामीले रातोमाटेमा नियमित चेकजा“च गरिरहेका हुन्छौं । हामीले नियमविपरित भए कारबाही पनि गर्छौ । गरेका पनि छौं । ’, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले हेटौंडा बजार क्षेत्रमा पार्किङ भएका भारतीय नम्बर प्लेटको सवारीमा प्रहरीले आवश्यकता अनुसार छड्के गरिरहेको दावी गरे ।

रिमालले भारतीय सवारी नेपाल ल्याउने व्यक्तिले नै यहा“ हुने सवै समस्याको जिम्मेवारी लिनुपर्ने बताए । मकवानपुर प्रहरीले धेरैपटक भारतीय सवारीमा लागूऔषध तथा अन्य वस्तु तस्करी गरिरहेको अवस्थामा समेत पक्राउ गरेको उनले स्मरण गरे । भारतीय सवारी नेपालमा सञ्चालन गर्नु अगाडि भन्सार कार्यालयबाट अनिवार्य स्वीकृत लिनुपर्ने व्यवस्था छ ।

हेटौंडाका यातायात व्यवसायीका अनुसार विशेषगरी नेपाल–भारत सीमाका नेपालीहरुले भारतीय नम्बर प्लेटको सवारी भाडामा लिएर चलाउने गरेका छन् । ‘भारतीय सवारी भाडामा चलाउ“दा थोरै रकम मै हुन्छ । भारतमा गाडीको मूल्य सस्तो छ । नेपालमा मह“गो छ । निश्चित राजस्व तिरेपछि सीमित अवधि नेपालभर भारतीय सवारी चलाउन कुनै समस्या हु“दैन ।’, उनले भने,‘भारतीय सवारी दुर्घटना भएको खण्डमा भने समस्या पर्नेछ ।’