२०८१ बैशाख २०, बिहीबार    

प्रधानन्यायाधीश पदबाट स्वत: निलम्बित

२०७८ फाल्गुन १, आईतबार १२:४२ बजे

हेटौंडा/ प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी पदबाट स्वत: निलम्बनमा परेका छन् । सत्तागबन्धनका सांसदहरुले आइतबार विहान प्रधानन्यायाशीश चोलेन्द्रशम्शेर जबरा विरुद्ध महाअभियोग प्रस्ताव सदनमा दर्ता गराएका छन् ।

नेपालको संविधानको धारा १०१(२) अन्तर्गत संसद् सचिवालयमा प्रधानन्यायधीशविरुद्ध दर्ता भएको थियो । यसम्बन्धी पत्र सर्वोच्चमा पुगेपछि निलम्बनले औपचारिकता पाउनेछ ।
संविधानविद् टीकराम भट्टराईले प्रस्ताव दर्ता भएसँगै स्वत: प्रधानन्यायाधीश निलम्बनमा परेको बताए । ‘उहाँले प्रधानन्यायधीशको रुपमा अब काम गर्न पाउनु हुने छैन ।’, उनले भने । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठतम् न्यायाधीश स्वत: कार्यबहाक प्राधानन्यायधीशको रुपमा कायम हुने छन् ।

संसदीय प्रक्रियामा महाअभियोगको प्रस्ताव छलफलमा हुने उक्त छलफलपछि ११ सदस्यीय छानबिन समिति बनाउने र उक्त समितिले प्रधानन्यायाधीशलाई बयानका लागि बोलाउने प्रावधान रहेको भट्टराईले बताए ।