२०८१ बैशाख २७, बिहीबार    

उद्योग बाणिज्य संघलाई झट्का, न्यौपाने भए चेम्बर्सको अध्यक्ष

२०७८ चैत्र २, बुधबार १०:०४ बजे

मकवानपुर उद्योग वाणिज्य संघलाई झट्का लागेको छ ।

करिब २० वर्ष संघको वृद्धि विकासमा सक्रिय रहेका माधव न्यौपाने मंगलबारबाट नेपाल चेम्बर्स अफ कमर्स मकवानपुर अध्यक्ष भएका छन् । न्यौपाने कमर्सको अध्यक्ष भएसँगै संघमा हलचल मच्चिएको छ । यस दुवै संघवीच एकआपसमा राम्रो सम्बन्ध छैन । संघको यसैवर्ष सम्पन्न भएको अधिवेशनमा न्यौपाने अध्यक्षका प्रत्याशी भएपनि आफू निकटले असहयोग गर्दा अन्तिम समयमा व्याक भएका थिए ।

कमर्सको दोस्रो साधारणसभा तथा प्रथम अधिवेशनले न्यौपानेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । कर्मसको उपाध्यक्ष कविन सांगामी, महासचिव रविन्द्रप्रसाद घिमिरे, सचिव शेखर थपलीया, कोषाध्यक्षमा शम्भु पुडासैनी र सहकोषाध्यक्षमा विवेक भण्डारी चयन भएका छन् । समितिको
सदस्यमा सञ्जयकुमार गुप्ता, शर्मिला श्रेष्ठ, पारसमणि थिङ, सन्तोष खतिवडा, हरिशरण सुवेदी, गांगाप्रसाद पौडेल, राजेश अग्रवाल, सुशान्त खतिवडा, शिवनारायण श्रेष्ठ र लक्ष्मीनारायण श्रेष्ठ चयन भएका छन् ।

कमर्सका अध्यक्ष बिजयलाल श्रेष्ठको अध्यक्षतामा भएको साधारणसभामा नेपाल चेम्बर्स अफ कर्मसका केन्द्रीय बाणिज्य सभापति निरज राईको प्रमुख आतिथ्यता तथा वाग्मती प्रदेश अध्यक्ष सिद्धीद्धलाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो ।