२०८१ बैशाख १३, बिहीबार    

नमूना प्रदेश युवा सभा सुरु

२०७९ असार १९, आईतबार १५:११ बजे

प्रदेश युवा परिषद् वाग्मती प्रदेशको आयोजनामा हेटौंडामा नमूना प्रदेश युवा सभा अभ्यास कार्यक्रम सुरु भएको छ ।

वाग्मती प्रदेशका विभिन्न स्थानीय तहका ७० जना युवाहरुको सहभागितामा नमूना प्रदेश युवा सभा सुरु गरिएको हो । कार्यक्रममा सहभागी युवाहरुले संसदका सबै अभ्यास गर्नेछन् ।
कार्यक्रमको उद्घाटन् गर्दै प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले संसदको राम्रो अध्यास गर्न आग्रह गरे । नमूना भनेको नमूना रुपमा नै यो कार्यक्रम गरेर देखाउन उनको आग्रह छ ।

कार्यक्रममा प्रदेशसभाका सदस्य प्रेमबहादुर पुलामीले युवाहरुलाई राजनीति प्रति वितृष्णा भइरहेको समयमा यो कार्यक्रम प्रभावकारी हुने उनले बताए । कार्यक्रममा अध्यक्षता ग्रहण गर्दै प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागार्इंले संसदीय अभ्यास सिकाउनका लागि नै यो कार्यक्रम गरिएको बताए ।

कार्यक्रम प्रदेश युवा परिषद्का निमित्त कार्यालय प्रमुख रमेश घिमिरेले सञ्चालन गरेका थिए ।