२०८१ बैशाख २०, बिहीबार    

कुमारी मोक्तानले आचारसंहिताको धज्जी उडाइन्

२०७९ बैशाख १८, आईतबार १२:१३ बजे

बागमती प्रदेश सभा सदस्य कुमारी मोक्तानले निर्वाचन आचारसंहिताको धज्जी उडाएकि छिन् । निर्वाचन आचारसंहिता विपरीतबागमती प्रदेशका सामाजिक बिकास मन्त्री कुमारी मोक्तान चुनावी प्रचारप्रसारमा व्यस्त हुन थालेकी छन् । निर्वाचन आचारसंहिता लागू भैसकेको अवस्थामा मोक्तान नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुलाई मत माग्न, सम्पर्क कार्यालय उद्घाटन गर्न सक्रिय भएकी हुन् ।


निर्वाचन आचारसंहिता अनुसार मन्त्रीले कुनै पनि उम्मेदवारको चुनावी प्रचार गर्न, प्रचारप्रसार कार्यालयको उद्घाटन गर्न मिल्दैन, तर मोक्तान भने आचारसंहिताको वेवास्ता गर्दै पश्चिम मकवानपुरको मनहरीका विभिन्न वडामा उम्मेदवारहरुसँगै प्रचारमा हिँडेकी हुन् । केही दिन अघि उनले मनहरी गाउँपालिका वडा नं ३ मा पुगी उम्मेदवारहरुको प्रचार कार्यक्रममा सहभागी मात्र भइनन् । खुलेआम् त्यहाँका जनता सामु उम्मेदवारलाई मत माग्न थालिन् । त्यसयता पनि उनी माओवादी केन्द्र र गठबन्धन निकट उम्मेदवारहरुको चुनावी प्रचारप्रसार कार्यालय उद्घाटनमा व्यस्त छिन् ।


मोक्तानले खुलेआम आचारसंहिता उल्लङ्घन गर्दा पनि निर्वाचन आयोग, निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालयको ध्यानाकर्षण नहुनुलाई आश्चर्यको रुपमा लिइएको छ ।