२०८१ बैशाख १५, शनिबार    

शैक्षिक सुधार गर्न देउसी भैलो खेल्दै महेन्द्र किरण मावि

२०८० कार्तिक २४, शुक्रबार १२:०६ बजे

विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यका साथ महेन्द्र किरण माध्यमिक विद्यालय हेटौंडा–३, बसामाडीले देउसी भैलो तथा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

शिक्षक अभिावक संघ अध्यक्ष रोशन गोलेका अनुसार विद्यालयको शैक्षिक सुधार गर्ने उद्देश्यका साथ विद्यार्थीद्वारा नै देउसी भैलो तथा सांस्कृति कार्यक्रम आयोजना गर्न लागिएको हो ।

‘हामी विद्यार्थीका अभिभावक, शुभेच्छुक तथा समाजसेवीका घर आँगनमा फुगेर सांस्कृतिक कार्यक्रम गर्नेछौं ।’, कार्यत्रम संयोजक हर्कबहादुर पाख्रिनका अनुसार परम्परा र संस्कृतिको पनि जगेर्ना हुने र शैक्षिक अवस्था पनि सुधारम यस कार्यले टेवा पुग्ने विशवास लिइएको छ ।