२०८१ बैशाख ७, शुक्रबार    

विष्टले जन्मदिनमा खुसी साट्न बनकरिया बालबालिकालाई शैक्षिक सामग्री सहयोग

२०७९ भाद्र २८, मंगलबार १४:१० बजे

मकवानपुरका अग्रज पत्रकार प्रताप विष्टले आफ्नो जन्मदिनको अवसरमा लोपोन्मुख बनकरिया समुदाका बालबालिकालाई शैक्षिक सामग्री सहयोग गरेका छन्  । मंगलबार मकवानपुरको मनहरी गाउँपालिका–४, मुसोधापमा पुगेर विष्टले शैक्षिक सामग्री सहयोग गरीएको हो ।


बनकरिया समुदायको बालबालिका हरेक दिन बिहान सामूहिक रुपमा पठनपाठन गर्ने केन्द्रमै पुगेर विष्टले शैक्षिक सामग्री हस्तान्तरण गर्नुभएको हो । स्थानीय २६ जना बालबालिकालाई सन्तोषी बनकरियाले नियमितरुपमा बिहानी कक्षामा पढाउने गरेको छ । लोपोन्मुख समुदायको सशक्तीकरणमा सहयोग गर्दै आउनुभएका विष्टले जन्मदिनमा उनीहरुलाई नै सहयोग गरेर खुसी साट्ने प्रयास गरेको बताएका छन् । 


कान्तिपुर दैनिकमा कार्यरत अग्रज पत्रकार प्रताप विष्टले नियमितरुपमा लोपोन्मुख बनकरिया समुदायको पक्षमा समाचार लेख्दै आएका छन्। गत असारको अन्तिम साता विष्टले सिमान्तकृत चेपाङ समुदाय र लोपोन्मुख बनरिया समुदायको विषयमा लेख्नुभएको समाचारहरुको संकलनमा आधारित पुस्तक नै प्रकाशन गरेका छन् ।