२०८१ जेठ ५, शनिबार    

कांग्रेस मकवानपुरको निर्वाचन तालिका सार्वजनिक

२०७८ फाल्गुन १३, शुक्रबार १८:२८ बजे

हेटौंडा/ नेपाली कांग्रेस मकवानपुरको १४ औं जिल्ला अधिवेशनको निर्वाचन तालिका सार्वजनिक गरिएकोछ ।

जिल्ला कार्यसम्पादन र कांग्रेस जिल्ला निर्वाचन समितिको शुक्रबार पार्टी कार्यालय हेटौंडामा भएको संयुक्त बैठकले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो । जिल्ला निर्वाचन अधिकृत गोपी शर्मा सुवेदीका अनुसार फागुन १५ गते हेटौंडा १ चौकीटोल लोकप्रिय होटल अगाडि निर्वाचन प्रक्रिया सुरु हुने ।

निर्वाचन अधिकृत सुवेदीका अनुसार फागुन १५ गते विहान ९ बजेदेखि १ बजेसम्म मनोनयन दर्ता, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन बेलुका ६:३० र मतदान फागुन १६ गते विहान ८ बजेबाट सुरु ।