२०८१ बैशाख २१, शुक्रबार    

सहायक निर्वाचन अधिकृतनै एमालेको प्रचारमा

२०७९ बैशाख २४, शनिबार १५:१४ बजे

निर्वाचन आयोगले जारी गरेको स्थानीय निर्वाचन आचारसंहिता नै उल्लंघन गर्दै सहायक निर्वाचन अधिकृत आफै एमालेको प्रचारमा व्यस्त भएको पाइएको छ । 

मकवानपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामकुमार पुडासैनी यतिखेर एमाले चुनावी प्रचारमा व्यस्त रहेका छन् । 

उनले सामाजिक सञ्जालहरुमा विदुर हुमागाई जिताऔं अभियानलाई विभिन्न समयमा सामाजिक सञ्जालहरुमा सार्वजानिक गर्दै एमाले जिताऔं अभियानमा लागेका हुन् । 

सरकारका राष्ट्रसेवक कर्मचारीहरु त्यस माथी सहायक निर्वाचन अधिकृत जस्तो भूमिकामा रहेर निर्वाचन आचारसंहिताको धज्जी उडाउदैं एमालेको प्रचारमा लागेको पाइएकोले चौतर्फी विरोध भइरहेको छ । 

विरोध भएपछि पुडासैनीले आफ्नो फेसबुक पेजबाट सेयर र पोष्ट गरेका सामाग्रीहरु हटाएका छन् । यस विषयमा बुझ्दा मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले यदी यस्तो चुनाव प्रचार गरेको हो भने आवश्यक कारबाही गरिने बताएका छन् ।