२०८१ बैशाख २२, शनिबार    

सुनिताको अध्यक्षतामा कांग्रेस टोल समिति गठन

२०७८ फाल्गुन २१, शनिबार १७:०१ बजे

हेटौंडा/ नेपाली कांग्रेस हेटौंडा–२, कांग्रेस चोकमा टोल समिति गठन गरिएको छ ।

कांग्रेसले स्थानीय तहको चुनाव नजिकिएसँगै धमाधम टोल समिति गठन प्रक्रिया अगाडि बढाइरहेको छ । कांग्रेस इकाईं सभापति भवसागर श्रेष्ठको सभाध्यक्षता तथा जिल्ला सदस्य इश्वर पण्डितको प्रमुख आतिथ्यतामा भएको भेलाले सुनिता घिमिरेको अध्यक्षतामा ११ सदस्यीय टोल समिति गठन गरेको हो । कांग्रेस युवा नेता रविन्द्र घिमिरेका अनुसार कार्यक्रममा दुईजना नेकपा एमाले परित्याग गरी प्रदीप लामिछाने र सन्नीदास बानियाँ कांग्रेसमा प्रवेश गरेका छन् ।

कार्यक्रममा जिल्ला सदस्यमा निर्वाचित भएका पण्डितलाई सम्मान समेत गरेका थिए । भेलामा स्थानीय तहको चुनावमा कसरी अगाडि बढ्न सकिन्छ भनेर समेत छलफल भएको थियो ।