२०८१ बैशाख १६, आईतबार    

हेटौंडाको मेयरमा एमालेमा नौजनाको दावी

२०७८ चैत्र २७, आईतबार १६:०१ बजे

आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा एमाले हेटौंडा नगर कमिटीले मेयर र उपमेयर पदका लागि नाम सिफारिस गरेको छ । एमाले हेटौंडा नगर कमिटीको बैठकले सर्वसम्मत् निर्णय गर्न नसकेपछि मेयरमा ९ जना र उपमेयरमा ७ जनाको नाम सिफारिस गरेको हो ।

बैठकले हेटौंडा उपमहानगरपालिकाको मेयर पदका लागि हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानलाई सिफारिस गर्ने निर्णय गरेको छ । उपमेयर पदका लागि सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता बिष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाललाई सिफारिस गर्ने निर्णय गरेको छ ।

सर्वसम्मत् उम्मेदवार छनोटका लागि भएको प्रयास असफल भएसँगै आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको हो । उक्त सिफारिस जिल्ला, प्रदेश हुँदै केन्द्रीय कमिटीमा पुग्नेछ ।