२०८१ बैशाख २१, शुक्रबार    

महिला फुटबल टोली प्रदेश च्याम्पियन

२०७८ चैत्र १२, शनिबार १०:५६ बजे

मकवानपुरको महिला फुटबल टोली वाग्मती प्रदेश च्याम्पियन भएको छ ।
शनिबार काभ्रेको धुलिखेलमा भएको फाइनल खेलमा धादिङलाई १–० गोलअन्तरले पराजित गर्दै मकवानपुर च्याम्पियन भएको हो । प्रथम वाग्मती प्रदेश खेलकुद प्रतियोगिताअन्तर्गत् भएको फाइनल खेलमा विजयीहुँदै मकवानपुरे चेली पहिलो पटक उपाधि जित्न सफल भएको हो । पुरुष फुटबलको उपाधि पनि मकवानपुरले जितेको थियो ।
पछिल्लो समय मकवानपुरका पुरुष र महिला फुटबल क्षेत्रमा क्रमश: राम्रो नतिजाहरु दिइरहेको छ । मकवानपुरको पुरुष क्रिकेट टोली पनि प्रदेश च्याम्पियन भएको थियो ।
हेटौंडाबाट सुरु भएको यस प्रतियोगिता विभिन्न जिल्लामा सञ्चालन भएर आजै धुलिखेलमा सम्पन्न हुँदैछ ।