२०८१ जेठ ८, मंगलबार    

५ मिनेटको चार्जमा १०० किमि गुड्ने विद्युतीय कार नेपालमा

२०७८ माघ २२, शनिबार १८:१९ बजे

काठमाडौं/हुन्डाईले आफ्नो नयाँ इलेक्ट्रिक कार नेपालमा सार्वजनिक गर्ने भएको छ । नेपाल स्थिति हुन्डाईको बिक्रेता कम्पनी लक्ष्मी इन्टरकन्टिनेन्टलले आयोनिक फाइभ नेपाली बजारमा उपलब्ध गराउने भएको हो ।

हुन्डाईको कोना इलेक्ट्रिक कारले राम्रो लोकप्रियता कमाएसँगै कम्पनीले यो नयाँ कार ल्याउन लागेको को हो । कम्पनीले हुन्डाई अल न्यु बोल्ड, युनिक र डाइनामिक आयोनिक फाइभ नेपाल भित्र्याइसकेको छ । आकर्षक फिचर र लुक्स रहेको यो कार अबको केही दिन भित्र औपचारिक रुपमा सार्वजनिक हुँदैछ । रियर ह्विल ड्राइभ रहेको यो कारमा सोलार एन्ड भिजन रूफ, भेहिकल टु लोड (भीटुएल) फिचर, एम्बिएन्ट मोड, पावर टेलगेट, रेन सेन्सिङ वाइपर, ब्लाइन्ड स्पट भ्यु मनिटर र भ्वाइस रिकग्निसन भेइकल कन्ट्रोल जस्ता फिचर रहेका छन् ।

हुन्डाई आयोनिक फाइभमा ५८ र ७२.६ किलोवाट आवरका दुई ओटा ब्याट्री प्याक अप्सन रहेका छन् । जसमध्ये ७२.६ किलोवाट आवर ब्याट्री रहेको कारले एक पटकको चार्जमा ४८१ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ ।
 
त्यस्तै ५८ किलोवाट आवर ब्याट्री रहेको भर्सनको गाडीले एकपटक चार्जमा तीन सय ११ किलो मिटरसम्म गुड्न सक्छ । नेपाली बजारमा यो गाडीको मूल्य ८५ लाखदेखि ९० लाखसम्म पर्ने अनुमान गरिएको छ ।
 
वर्ल्डवाइड हार्मोनाइज्ड लाइट ड्युटी भेहिकल टेस्ट प्रोसिजर (डब्लूएलपीटी) का अनुसार यो कारमा रहेको फास्ट चार्जिङले केवल पाँच मिनेटकै चार्जमा १०० किलोमिटर गुड्न सकिनेछ ।