२०८१ बैशाख १५, शनिबार    

रक्सी पिउँदा बालक बेहोस

२०७९ श्रावण २८, शनिबार ०९:११ बजे

मकवानपुरको वकैया गाउँपालिका–८ स्थित वस्तीपुरमा रक्सी पिउँदा बालक बेहोस भएका छन् ।

स्थानीय अस्मिता बोम्जनको साढे २ वर्षीय छोरा सचिन बम्जनले खेल्ने क्रममा मदिर पिउँदा बेहोस भएका हुन् । वाग्मती प्रदेश प्रहरी कार्यालयका अनुसार उनको उपचार चितवनस्थित नयाँ मेडिकल कलेजमा भइरहेको छ ।

यस विषयमा थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।