२०८१ बैशाख १६, आईतबार    

म्यानेजमेन्टको आयोजनामा दुईदिन स्वास्थ्य शिविर हुने

२०८० असार १९, मंगलबार १०:४४ बजे

हेटौंडा स्कुल अफ म्यानेजमेन्ट एण्ड सोसियल साइसेन्स महाविद्यालयलेको आयोजनामा दुईदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर हेटौंडमा सञ्चालन हुने भएको छ ।

काठमाडौं मेडिकल कलेजको प्राविधिक सहयोगमा हेटौंडा–४ स्थित म्यानेजमेन्टको भवनमा असार २२ र २३ गते वहृत् स्वाथ्य शिविर सञ्चालन हुने भएको हो ।

शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्क्री, बालरोग, शल्यत्रिया, मानसिक तथा नशा, छाला तथा यौनरोग, हाडजोर्नी, नाक, कान घाँटी, आँखा, इसीजी, भिडियो एक्सरे, रगत तथा पिसाब परीक्षण, न्युरो सर्जरी तथा मुटुरोगको परीक्षण गरिने म्यानेजमेन्टले जनाएको छ ।

महाविद्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत् रहेर हेटौंडामा विभिन्न कार्य गर्दै आइरहेको छ । विशेष गरी खेल क्षेत्रमा महाविद्यालयको योगदान बढी रहेको छ ।