२०८१ बैशाख १४, शुक्रबार    

डेंगु नियन्त्रण गर्न हेटौंडाका दुई वडामा ‘स्प्रे’

२०७९ श्रावण १९, बिहीबार १८:०७ बजे

हेटौंडा उपमहानगरपालिका क्षेत्रमा डेंगु रोग संक्रमण बढ्दै गएपछि स्प्रे गर्न थालिएको छ । उपमहानगरको ४ र ५ नम्बर वडा क्षेत्रमा रहेका बासिन्दामा डेंगुको संक्रमण बढ्दै गएपछि उपमहानगरले स्प्रे गर्न थालेको हो ।

हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका जनस्वास्थ्थ अधिकृत भोला चौलागाईंका अनुसार संक्रमण बढ्दै गएपछि लामखुट्टेका लार्भा तथा अन्य जीवाणु नष्ट गर्ने गरी ‘डाइथाल कार्वसेट’ पानीमा मिसाएर छिट्न थालिएको बताए । संक्रमणलाई फैलन नदिनका लागि जनस्तरमा मट्टितेलको प्रयोग गरी लार्भा नष्ट गर्न सचेतनासागै बढी जोखिम रहेको क्षेत्रमा उपमहानगरले स्प्रे गर्न थालेको उनले जानकारी दिए । अहिले हेटौंडा ४ को कमलडााडा क्षेत्र र मेनरोडमा स्प्रे गर्ने कार्य नगरप्रहरीको मद्दतबाट भइरहेको छ ।

संक्रमण फैलिएका वडाको जोखिम पूर्ण क्षेत्रको पहिचान गरी आवश्यकता अनुसार संक्रमण नियन्त्रणको अभियान सञ्चालन गरिने उनले बताए । हालसम्म हेटौंडामा ४३ जनामा संक्रमण देखिएको छ ।