२०८१ बैशाख ११, मंगलबार    

सुर्तिजन्य पदार्थको विक्रीवितरणमा कडाई गर्न माग

२०८० जेठ ७, आईतबार १२:३३ बजे

सुर्तिजन्य पदार्थको सेवन र यसबाट लाग्ने रोगको रोकथामका विषयमा हेटौंडामा अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ ।

महिला सशक्तिकरण तथा गरिबी निवारण समुह नेपाल मकवानपुरको आयोजना तथा नेपाल सरकार स्वास्थ्य कर कोषको कार्यालय काठमाडौंको सहयोगमा अभिमुखीकरण भएको हो । कार्यक्रमका सहभागीहरुले पछिल्लो समय सुर्तिजन्य पदार्थ तथा लागूऔषधको सेवनमा युवाहरु फसेको भन्दै सरकारी तथा गैरसरकारी संस्था मिलेर काम गर्नुपर्ने धारणा राखेका थिए ।

खुलारुपमा विक्री वितरण हुँदै आएको सुर्तिजन्य पदार्थमा कडाई गर्नुपर्ने सहभागीहरुको माग थियो । युवा जागरणका लागि भएको अभिमुखीकरणमा नेपाली कांग्रेस प्रदेश सभापति, बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यता रहेको थियो । बानियाँले देशको कर्णधारका रुपमा रहेका युवाहरु कुलतमा फस्नु दुःखद भएको बताए ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री एकलाल श्रेठ, प्रदेशसभा सदस्य प्रेमबाहादुर पुलामी, महिला सशक्तिकरण तथा गरिबी निवारण संस्थाका संरक्षक माइकल रामचन्द्र अर्याल, सल्लाहकार बुद्ध लामा, भीमसेन महत, हेटौंडा ५ नम्बर वडा अध्यक्ष सुशिल घिमिरे, नगर सम्वन्य सचिव हर्करत्न लामा लगायतको आतिथ्यता रहेको थियो ।

मकवानपुरमा पनि पछिल्लो समय सुर्तिजन्य पदार्थ तथा लागूऔषध सेवन बढ्दो क्रममा रहेको र यसबाट विभिन्न रोगहरु समेत लाग्ने क्रम रहेकोले अभिमुखीकरणको आयोजना गरिएको संस्थाका अध्यक्ष इन्दिरा न्यौपानेले जानकारी दिइन् । समुदायस्तरमा अभिमुखीकरण तथा सचेतना कार्यक्रम लगिने उनले बताइन् ।