२०८१ बैशाख १७, सोमबार    

कांग्रेस युवा नेता मैनाली प्रदेशसभा उम्मेदवारमा सिफारिस

२०७९ भाद्र १६, बिहीबार २१:३३ बजे

नेपाली कांग्रेस मकवानपुरका युवा नेता राज मैनाली (दिनेश) प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारमा सिफारिस भएका छन् ।

मकवानपुर क्षेत्र नम्बर २ ‘क’ को विहीबार बसेको बैठकले प्रदेशसभाको प्रत्यक्षतर्फ मैनालीसहित ६ जनाको नाम सिफारिस गरेको हो । कांग्रेस महाधिवेशनमा गुट र उपगुटविनै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएर चर्चामा आएका मैनालीसहित इश्वरनाथ पौडेल, यतिराज सापकोटा, महेन्द्र राउत, योगेन्द्रमान श्रेष्ठ र भीम लामाको नाम सिफारिस भएको छ ।

प्रदेशसभा सदस्य समानुपातिक महिलातर्फ इश्वरी शाही ठकुरी, गोरिमाया लामा, निलम देवकोटा, जानकी गिरी, राममाया केसी, शान्ता विक र भवानी प्रधानको नाम सिफारिस भएको छ ।

समानुपातिक पुरुषतर्फ पुरुषोत्तम विक, बुद्धिबहादुर सिञ्जाली, कृष्णभक्त श्रेष्ठ, खड्गबहादुर गोपाली, भरत लामा, राजेन्द्र विडारी, रमेश रौनियार, रामचन्द्र थिङ, विश्वलाल वाइवा र मदन जोशीको नाम सिफारिस भएको वैठकमा सहभागी एक नेताले बताए ।