२०८१ बैशाख १३, बिहीबार    

रोटरीद्वारा हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग

२०७९ मंसिर २६, सोमबार १६:२९ बजे

रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ ।

क्लबले सोमबार अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई मेसिन हस्तान्तरण गरेकी हुन् । उनले अस्पतालको सेवासुविधा विस्तारमा आफू सदैव सहयोग गर्न तयार रहेको बताइन् ।

मेसिन हस्तान्तरण कार्यक्रममा रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्कीले आगामी दिनमा पनि अस्पतालका लागि आवश्यक सहयोग जारी राख्ने प्रतिबद्धता जनाए । उनका अनुसार रोटरीले शिक्षा, स्वास्थ्य, खानेपानी तथा विभिन्न क्षेक्रमा कार्य गर्दै आइरहेको छ । कार्यत्रममा रोटरी डिष्ट्रीक 3292 जोन 33 का असिस्टेन्ट गभर्नर सुरेश सेन ठकुरी विशेष अतिथि रहेका थिए ।

मेसिन हस्तान्तरण कार्यत्रममा रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, जीएसआर सिद्धीलाल श्रेष्ठ, पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठ, विजयलाल श्रेष्ठ तथा कविन सांगमी तथा रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।