२०८१ जेठ ६, आईतबार    

निर्माणाधीन फास्ट ट्र्याकमा लोडर पल्टिँदा दुई चिनियाँ नागरिकको मृत्यु

२०७९ बैशाख १९, सोमबार १९:२३ बजे

राष्ट्रिय गौरवको आयोजनाको रुपमा निर्माणाधीन फास्ट ट्र्याक (द्रुतमार्ग)मा लोडर पल्टिँदा २ जनाको मृत्यु भएको छ ।

४ जना घाइते छन् । मृत्यु हुने दुवै जना चिनियाँ नागरिक रहेको बताइएको छ । बकैया गाउँपालिका ११ जितपुर भञ्ज्याङमा लोडर पल्टिँदा एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

निर्माणाधीन फास्ट ट्र्याकमा खनेको माटो फाल्ने क्रममा लोडर पल्टिँदा उनीहरुको मृत्यु भएको हो । लोडर सडकबाट करिब ५० मिटर तल पुगेको छ । लोडरमा ५ जना चिनियाँ नागरिक र एक जना नेपाली रहेका थिए।

बाँकी ४ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।