२०८१ बैशाख २८, शुक्रबार    

हेटौंडामा युवा संघ नेपालको प्रदर्शन

२०७८ माघ १२, बुधबार १८:०७ बजे

हेटौंडा/ नेकपा एमालेका भ्रातृ संगठन युवा संघ नेपालले हेटौंडामा प्रदर्शन गरेको छ ।
स्थानीय तहको निर्वाचन मिति तत्काल तोक्नुपर्ने, मूल्य वृद्धि नियन्त्रण, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको राजीनामा माग गर्दै युवा संघले बुधबार वाग्मती प्रदेशको राजधानी हेटौंडामा विरोध प्रदर्शन गरेको हो । संघले हेटौंडाको बुद्धचोक प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्ध नाराबाजी समेत गरेको थियो ।
प्रदर्शनपश्चात् बुद्धचोकमा भएको कोणसभामा युवा संघ केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यद्वय आरती पाठक, दिलु घर्ती, जिल्ला अध्यक्ष लक्ष्मण उप्रेती तथा नगर अध्यक्ष राकेश नगरकोटीले मन्तव्य व्यक्त गरेका थिए ।
नेकपा एमालेले स्थानीय तहको मिति घोषणा माग गर्दै हाल देशैभर प्रदर्शन गरिरहेको छ ।