२०८१ बैशाख २७, बिहीबार    

नेपाल विजयी, ओमन ६ विकेटले पराजित

२०७८ माघ २८, शुक्रबार १९:०१ बजे

हेटौंडा/ नेपालले चारदेशीय ट्वान्टी–२० शृंखलामा विजयी सुरुवात गरेको छ ।

नेपालले ओमनलाई पहिलो खेलमा ६ विकेटले पराजित गरेको हो । ओमानविरूद्ध १ सय ३६ रनको लक्ष्य पाएको नेपालले ४ विकेट गुमाएर आफ्नो लक्ष्य पूरा गरेको थियो । ओमानको राजधानी मस्कटमा शुक्रबारबाट सुरु प्रतियोगितामा नेपालले टस जितेपछि ब्याटिङको निम्तो पाएको ओमानले १३५/६ को स्कोर बनायो । जवाफी व्याटिङ गरेको नेपालले २० ओभरमा उक्त लक्ष्य भेटायो ।

नेपाली व्याट्सम्यान दीपेन्द्रसिं ऐरीले सर्वाधिक ७३ रनको पारी खेलेका थिए । जीतसँगै नेपाल प्रतियोगिताको शीर्ष स्थानमा उक्लिएको थियो । नेपाली बलर खेलमा राम्रो प्रदर्शन गरेपछि जीतका लागि सहज वातावरण सिर्जना भएको । नेपाली व्याट्सम्यानले अन्तिम समयमा आवश्यकता अनुसार रन बनाएका थिए ।

यो खेल सन्दिप लामिछाने कप्तान भएपछि पहिलो खेल हो ।