२०८१ जेठ ५, शनिबार    

ट्रकले च्यापिएर प्रहरीको मृत्यु

२०७८ फाल्गुन ९, सोमबार १०:४८ बजे

हेटौंडा/ बाँके जिल्लाको कोहलपुर नगरपालिका–११ स्थित कोहलपुर चौराहमा गतराति ट्रक पल्टिँदा च्यापिएर डियुटीमा खटिएको प्रहरीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा प्रहरी चौकी खडैचा दरबन्दी भई हाल ईलाका प्रहरी कार्यालय बाँकेमा कार्यरत ३६ बर्षीया प्रहरी जवान कविता विसि रहेको प्रहरीले जनाएको छ । शम्सेरगंजबाट कौशिलानगर बाँकेतर्फ जाँदै गरेको ना. ३ ख ६४३६ नम्बरको ट्रक कोहलपुर चौराहमा मोड्ने क्रममा पल्टिँदा उनी च्यापिएकी प्रहरीले जनाएको छ ।

उनको उपचारको क्रममा कोहलपुर स्थित नेपालगंज मेडिकल कलेजमा आइतबार राति सवा १० बजे मृत्यु भएको हो । गएराती १० बजे भएको सवारी दुर्घटनालगतै फरार भएका ट्रक चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।