२०८१ बैशाख १५, शनिबार    

६ जना थुनुवा फरार

२०७९ माघ १६, सोमबार ०८:४२ बजे

धनुषाबाट ६ जना थुनुवा फरार भएका छन् ।

इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरको हिरासतकक्ष फोडेर गए राति उनीहरु भागेको प्रहरीले जनाएको छ। 

गए राति करिब १ बजेदेखि ३ बजेको बीचमा उनीहरु कोठाको पर्खाल फोडेर फरार भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीप क्षेत्रीले बताए ।

उनकाअनुसार भागेकामध्ये २ जना हातहतियार, २ जना लागुऔषध र २ जना सार्वजनिक अपराध कसुरमा अनुसन्धानका लागि हिरासतमा थिए ।

‘सुतिरहेको ठाउँबाट उनीहरु भागिरहेको अर्को थुनुवाले थाहा पाएछन्। उसैले हल्ला गरेपछि प्रहरीले थाहा पायो,’ डिएसपी क्षेत्रीले भने ।

उनकाअनुसार फरार थुनुवाहरुको खोजी जारी छ ।

जिल्ला र प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले भागेकाहरूको खोजी गरिरहेको उनले बताए ।