२०८१ बैशाख ३१, सोमबार    

सांसद साहमाथि आक्रमण

२०७८ चैत्र १२, शनिबार १३:२५ बजे

जनता समाजवादी पार्टी(जसपा) का संघीय सांसद प्रमोद साहमाथि आक्रमण भएको छ ।

शनिबार सर्लाहीको ईश्वरपुर नगरपालिकाको बयलबास बजारमा बाटो बनाउने विषयमा भएको विवादपछि जसपाका प्रमुख सचेतकसमेत रहेका साहमाथि आक्रमण भएको हो । टाउकोमा गहिरो चोट लागेका साहलाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहेको छ ।

फुलजोर–त्रिभुवननगर सडक खण्ड विस्तारका क्रममा बयलबास बजारस्थित फुलजोड युवा क्लबको भवन बनाउने कि बाटो कायम गर्ने भन्ने विषयमा दुई पक्षबीच विवाद थियो । सोही विवाद बढ्दै जाँदा शनिबार बिहान दुई पक्षबीच झडप भएको हो । सांसद साह पक्षले बाटो कायम हुनुपर्ने अडानमा थिए भने अर्को पक्षले क्लबकै भवन बन्नुपर्ने अडान राख्दै आएका थिए । दुई पक्षबीच मतान्तर बढेपछि केहीबेर ढुंगा हानाहानसमेत भएको थियो ।