२०८१ बैशाख २७, बिहीबार    

योजनाको पोको बोकेर मन्त्रालय धाउँदै मीना लामा

२०७९ असार २८, मंगलबार १५:५५ बजे

हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना लामा योजनाको पोको बोकर संघीय सरकारको मन्त्रालय धाइरहेकी छन् ।

मेयर लामा नेकपा (एकीकृत समाजवादी) ले नेतृत्व गरिरहेको मन्त्रालयमा समग्र हेटौंडा उपमहानगरको विकासका योजना बोकेर पुगेकी छन् । उनले संघीय सरकारको भौतिक पूर्वाधार, पर्यटन, शहरी विकास, स्वास्थ्य मन्त्रालमा मन्त्रीहरुसँग भेटेर बजेटमा समेटिएका योजना तत्काल अगाडि बढाइदिन आग्रह गरेकी हुन् ।

लामाले विशेष गरी हेटौंडाको स्वास्थ्य क्षेत्र र भौतिक पूर्वाधार विकासका लागि संघीय बजेटमा समावेश भएका योजनालाई अगाडि बढाउन र नभएका योजनाहरु कसरी समेट्न सकिन्छ भनेर मन्त्रीहरुसँग छलफल गरेकी थिइन् ।

मेयरले विशेष गरी चुनावी ऐजेण्डाको रुपमा आफूले अगाडि बढाएका योजनाहरुलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर मन्त्रीसँग अन्तक्र्रिया गरेको प्रेस सल्लाहकार राजन दाहालले जानकारी दिए ।

शहरी विकास मन्त्रालयमा चक्रपथ सडक निर्माण, नमूना तरकारी बजार, कनेक्टिभिटि रोड योजना, स्वास्थ्य मन्त्रालयमा मुटुको उपचारक लागि आवश्यक कार्डियो मेसिन, यूएसजी, पर्यटन मन्त्रालयमा ‘कर्रा पर्यटन प्रवद्र्धन केन्द्र’ लगायत योजनाको विषयमा छलफल भएको थियो ।