२०८१ जेठ ४, शुक्रबार    

टि २० विश्वकप छनोट : नेपाल र फिलिपिन्स भिड्दै

२०७८ फाल्गुन ७, शनिबार १०:१९ बजे

काठमाडौं/ नेपालले आइसिसी टि २० विश्वकप ग्लोबल छनोट ए अन्तर्गत आज शनिबार दोस्रो खेलमा फिलिपिन्ससँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्याहन्न ११ : ४५ मा ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–२ मा सुरु हुनेछ । नेपाल फिलिपिन्समाथि फराकिलो जितका साथ सेमिफाइनलमा स्थान पक्का गर्ने गर्न खोज्नेछ ।

नेपालको कप्तानी सन्दीप लामिछाने र फिलिपिन्सको जोनाथन हिलले गर्नेछन् । पहिलो खेलमा फिलिपिन्सलाई क्यानडाले १ सय १८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालले घरेलु टोली ओमानलाई ३९ रनले हराएको थियो ।

फिलिपिन्स नेपाल भन्दा धेरै कमजोर टोली हो । त्यसैले नेपाललाई कीर्तिमानको वर्षात बनाउने अवसर हुनेछ । नेपालसाग आजको खेलमा फिलिपिन्सविरुद्ध थुप्रै राष्ट्रिय तथा विश्व कीर्तिमान बनाउने अवसर हुनेछ । नेपालले यस खेलमा नेटरनरेट बढाउन ध्यान दिनुपर्ने हुन्छ ।

आज नै हुने समूह बी को अर्को खेलमा ओमान क्यानडासँग पराजित भएमा नेपाल औपचारिक रुपमा एक खेल अगावै सेमिफाइनलमा पुग्नेछ । यदि ओमानले क्यानडलाई हराएको खण्डमा भने नेपालले पर्खनु पर्ने हुन्छ । समूह बी को तीनै टोली फिलिपिन्सलाई फराकिलो अन्तरले हराउादै नेटरनरेट राम्रो बनाउन चाहन्छन् ।

पहिलो खेलमा नेपालसाग पराजित भएको ओमान आज क्यानडासँग पराजित भएमा एक खेल अगावै बाहिरिनेछ । तर ओमान विजयी भएमा नेपालले अन्तिम खेलमा क्यानडालाई हराउनु पर्नेहुन्छ । क्यानडासँग नेपाल पराजित भएमा नेटरनरेटमा निर्भर रहनेछ । त्यसैले यस खेलमा नेपाललाई नेटरनरेट बलियो बनाउने राम्रो अवसर हुनेछ ।