एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको अध्यक्षमा विष्णुमायामा लामा निर्वाचित भएकी छिन् ।
शनिवार सम्पन्न प्रथम नगर अधिवेशनले लामाको अध्यक्षतामा ६५ सदस्यीय नगर कमिटी सर्वसम्मत चयन गरेको हो । कमिटी उपाध्यक्ष तारा ढुंगाना लामा, सचिव सफल अधिकारी, उपसचिवद्वय देवेन्द्र पराजुली र हेम सुवेदी चयन भएका छन् ।
सदस्यहरुमा भूगोल ३८, दलित ३, युवा खुला ५, युवा महिला २, मुस्लिम २ र खुल्लाबाट १० जना निर्वाचित भएका छन् ।
अधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका एघार जना अग्रज व्यक्तित्व सम्मानित भएका छन् ।
सम्मानित हुनेमा घननाथ अधिकारी, श्रीबहादुर घलान, इन्द्रसिं थिङ, खिला कुमारी लामिछाने, कुलप्रसाद रुपाखेती, बद्रीप्रसाद न्यौपाने, सीता बराल, बद्री देवकोटा, कृष्णमाया थिङ, विशुुकुमार थापा र सन्तबहादुर राना मगर रहेका छन् ।
नेपाली कम्युनिष्ट आन्दोलनको विकासका लागि योगदान पुर्याएकोप्रति उनीहरुलाई सम्मान गरिएको एकीकृत समाजवादी हेटौंडा उपमहानगर कमिटिका सचिव सफल अधिकारीले बताए ।