२०८० चैत्र १६, शुक्रबार    

ग्यास विक्रेता महासंघको पदस्थापना

२०७९ भाद्र २६, आईतबार १०:०० बजे

ग्यास विक्रेता महासंघ नेपाल बागमती प्रदेशको काठमाडौँमा सम्पन्न दोस्रो अधिवेशनबाट निर्वाचन भएका कार्यसमितिलाई शनिबार हेटौंडामा एक कार्यक्रमका बीच पदस्थापना गरिएको छ । ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशका अध्यक्ष राधिका महर्जनको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मिना लामाले नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र प्रदान गरेकी थिइन् ।

ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको दोस्रो अधिवेशन तथा चौथो वार्षिक साधारणसभाबाट अध्यक्षमा बिनोदमान श्रेष्ठ, वरिष्ठ उपाध्यक्षमा सन्तप्रसाद श्रेष्ठ (प्रविन), उपाध्यक्षमा उषा पौडेल, महासचिवमा केशवप्रसाद मुडभरी, कोषाध्यक्षमा मदन कुमार न्यौपाने र सचिवमा हरिदास अमात्य सर्वसम्मत चयन भएका थिए । त्यसैगरी सदस्यमा लिलाधर शर्मा, खड्क भुवन श्रेष्ठ, विश्व जोशी, कृष्णबहादुर ढुंगाना र जितबहादुर सारु मगर चयन भएका थिए ।

ग्याँस विक्रेता महासंघ नेपाल बागमती प्रदेशको नवनिर्वाचित कार्यसमितिलाई मकवानपुर ग्याँस व्यवसाय संघले शनिबार नै बधाई तथा शुभकामना ज्ञापन गरेको छ । कार्यक्रममा बोल्दै मकवानपुर ग्याँस व्यवसाय संघका अध्यक्ष दिलिशगोविन्द जोशीले नवनिर्वाचित समितिलाई एक ढिक्का भएर व्यवसायीको हकहित र अधिकारको निम्ति कार्य गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा ग्याँस विक्रेता महासंघका उपाध्यक्ष अर्जुन खत्री, महासंघका निर्वाचन समितिका अध्यक्ष विष्णुप्रसाद दुलाल, मकवानपुर ग्याँस व्यवसायी संघका अध्यक्ष दिलिशगोविन्द जोशीलगायतको आतिथ्यता रहेको थियो ।