२०८१ जेठ ६, आईतबार    

जनता मावि फापरबारीमा लफडा, शिक्षकले छात्रालाई दुव्र्यवहार गरेको आरोप

२०७८ चैत्र २२, मंगलबार १६:०९ बजे

मकवानपुरको पूर्वीक्षेत्रमा अवस्थित वाग्मती गाउ“पालिमा रहेको जनता मावि फापरबारीमा शिक्षकले छात्रामाथि दुव्र्यवहार गरेकोभन्दै लफडा भएको छ ।

विद्यालयमा अध्ययनरत् छात्रामाथि शिक्षकले दुव्र्यवहार गरेको आरोप लगाउ“दै विद्यार्थीहरु तोडफोडमा उत्रिएका छन् । मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक सुरेन्द्रबहादुर गुरुङका अनुसार विद्यालयका कक्षा ९ र १० मा अध्ययन गर्ने छात्राहरुलाई शिक्षक दुव्र्यवहार गरेकोभन्दै विद्यार्थीहरुले विद्यालयमा तोडफोड गरेका छन् । विद्यार्थी विरोध र तोडफोडमा उत्रिएपछि विद्यालयको पठनपठान अवरुद्ध भएको छ ।

‘घटनास्थलमा प्रहरी पुगेको छ । यस विषयमा सोधपुछ भइरहेको छ । शिक्षक वा विद्यार्थी कोही पनि नियन्त्रणमा लिएका छैनौं ।’, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रमुख गुरुङका अनुसार पटकपटक दुव्र्यवहार गरेको आरोप छात्राहरुले लगाएका छन् । ‘२÷३ दिन अगाडिको घटना रहेछ । जाहेरी आएपछि धेरै विषयमा जानकारी हुनेछ ।’, उनले भने ।