भागबण्डा मिलाउन वाग्मती प्रदेशमा संसदीय समिति थप गरिएको छ ।
प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलमध्ये पाँच वटा दलबीच संसदीय समितिको सभापतिमा भागबण्डा नमिलेपछि शुक्रबार समिति थप्ने निर्णय भएको हो । संसदीय समिति गठनका लागि शुक्रबार सभापति पदमा उम्मेदावरी दर्ता गर्ने कार्यतालिका प्रारम्भ भइसकेको अवस्थामा दलहरुवीच संसदीय समिति थप्ने विषयमा सहमति जुटेको हो ।
वाग्मती प्रदेशका सभामुख भुवनकुमार पाठकको कार्यकक्षमा भएको पाँच दलीय बैठकले प्रदेशसभा नियमावली, २०७४ अनुसार विशेषाधिकार समिति थप गर्ने निर्णय गरेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिए ।
ढकालका अनुसार विशेषाधिकार समितिमा १७ जना सदस्य रहने नियमावलीले व्यवस्था गरेको छ ।