२०८१ बैशाख ८, शनिबार    

वाग्मतीको हिउँदे अधिवेशन अन्त्य

२०८० बैशाख १३, बुधबार १६:२५ बजे

वाग्मती प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ ।

प्रदेश मन्त्रिपरिषद्को बैठकले बुधबार मध्यरातबाट प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारी कामकाजको भाषासम्बन्धी विधेयकको मस्यौदा तयारीका लागि सैद्धान्तिक स्वीकृति पनि दिएको छ ।

युवा वैज्ञानिक कोष सञ्चालन विधेयकको मस्यौदा तयारीको सैद्धान्तिक स्वीकृति दिएको उनले बताए ।