२०८१ बैशाख २०, बिहीबार    

हेटौंडा–१० मा कांग्रेसको वडा कार्यालय स्थापना

२०७८ फाल्गुन ७, शनिबार १५:४४ बजे

हेटौंडा/ हेटौंडा–१० मा नेपाली कांग्रेसको वडा कार्यालय स्थापना गरिएको छ ।

नेपाली कांग्रेस मकवानपुरका सल्लाहकार तथा नेपाल विद्यार्थी संघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालले कार्यालयको रिबन काटेर उद्घाटन गरेका थिए । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै धमाधम पार्टी कार्यालय स्थापना भइरहेको छ ।

कांग्रेस हेटौंडा–१० अध्यक्ष युवराज लामाको सभाध्यक्षतामा भएको कार्यालय स्थापना कार्यक्रममा कांग्रेस क्षेत्रीय सभापति राजेश बानियाँ तथा नगर सभापति उत्सव इटेनीलगयात नेताहरुको उपस्थिति रहेको थियो ।

‘अब आम वडाबासीको समस्या हाम्रो कार्यालयमा आएर राख्न सकिन्छ । हामी समाधानको कोसिस पनि गर्छौ । पार्टीलाई संस्थागतरुपमा सञ्चालन गर्नुपर्छ भनेर कार्यालय स्थापना गरेका हौं ।’, वडा अध्यक्ष लामाले भने ।

कार्यक्रममा वडाका पूर्वअध्यक्ष, कार्यसमिति सदस्य, क्रियाशील, तरुण नेताहरुको उपस्थित रहेका थिए । विभिन्न पार्टी परित्याग गरी १० जना कांग्रेस प्रवेश गरेका थिए ।