२०८१ बैशाख ८, शनिबार    

प्रधानमन्त्री शेरबहादुर देउवा हेटौंडा आउँदै

२०७९ श्रावण ६, शुक्रबार ०९:४१ बजे

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्न शुक्रबार हेटौंडा आउँदैछन् ।

दुई दिनसम्म हेटौंडामा सञ्चालन हुने महाधिवेशनको उद्घाटन विहान ११ बजे हुने तय भएको छ । प्रधानमन्त्री देउवा विहान १०:३० बजे हेटौंडा आइपुग्ने छन् ।
नेपाली कांग्रेसको शुभेच्छुक संगठनको रुपमा रहेको युनियनको महाधिवेशनमा सहभागी हुने देशभरबाट पत्रकार, प्रतिनिधि तथा शुभेच्छुक गरी करिब दुईहजार जना हेटौंडामा भेला भएका छन् । भेलाले तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वको विषयमा दुई खेमामा विभाजन भएर उम्मेदवारी घोषणा सुरु भइरहेको छ ।
महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको स्थानीय आयोजक नेपाल प्रेस युनियन मकवानपुर शाखाले जनाएको छ । ‘महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । आज उद्घाटन र बन्द सत्र सञ्चालन हुनेछ । भोली नयाँ कार्यसमिति चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढ्नेछ ।’, युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज)ले भने ।
महाधिवेशनमा सहभागी हुन कांग्रेसका शीर्ष नेतृत्व हेटौंडामा आउने क्रम सुरु भइसकेको छ ।